चलचित्र ‘महाजात्रा’को अन्तर्राष्ट्रिय प्रदर्शन भव्य रूपमा सम्पन्न
नेपाली हास्य-व्यङ्ग्य चलचित्र ‘महाजात्रा’ले विदेशमा रहेका प्रवासी नेपालीहरूबाट उच्च प्रशंसा पाएको छ। अस्ट्रेलिया र अमेरिकाका मुख्य सहरहरूमा आयोजना गरिएका विशेष शोहरू पूर्ण रूपमा हाउसफुल भएका छन्।
प्रदीप भट्टराईको निर्देशनमा बनेको यो चलचित्रले नेपाली समाजको समसामयिक राजनीति र आर्थिक परिस्थितिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेको छ।
सम्बन्धित समाचार